PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतको अरुणाचल प्रदेश केन्द्र बनाई बिहान २ बजे गयो भूकम्प, तिब्बतमा ६.३ को कम्पन



पहिलोपोस्ट

भारतको अरुणाचल प्रदेश केन्द्र बनाई बिहान २ बजे गयो भूकम्प, तिब्बतमा ६.३ को कम्पन

काठमाडौँ : काठमाडौँ हल्लिने गरी बुधबार बिहानै दुई कम्पन महसूस हुनुअघि एकाबिहानै २ बजे भारतको अरुणाचल प्रदेश केन्द्र बनाई ठूलो कम्पन भएको छ। 

अमेरिकाको युएसजिएसले सुरुमा यो कम्पन ६.१ म्याग्निच्युडको भएको बताएको थियो। 

पछि त्यसलाई घटाई ५.९ म्याग्निच्युडको बनाइयो। 

भारतको आधिकारिक निकायले भने ५.८ म्याग्निच्युडको भूकम्प गएको बताएको छ। 

उता, चिनियाँ मिडियाले भने तिब्बतको दक्षिणपश्चिमी क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प आएको उल्लेख गरेको छ। यसमा उल्लेख भएको ठाउँ भारतको अरुणाचल प्रदेश नजिकै पर्ने ठाउँ हो।

भूकम्पबाट के कति क्षति भयो वा भएन भन्ने बारे समाचार आइसकेको छैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell