PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

डडेलधुरामा बस दुर्घटनाः पाँच जनाको मृत्यु, २६ घाइते



एम बम

डडेलधुरामा बस दुर्घटनाः पाँच जनाको मृत्यु, २६ घाइते

घनगढीः डडेलधुरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

भीमदत्त राजमार्ग अन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान करिब पौने ५ बजे बस दुर्घटनामा परेको हो।

ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको हो। कैलालीको धनगढीबाट बझाङ गइरहेको  बस दुर्घटनामा परेको हो। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शनाखत हुन सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell