PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

यस्तो छ नेपाली हरर फिल्म 'कठपुतली'को फस्ट लुक



पहिलोपोस्ट

यस्तो छ नेपाली हरर फिल्म 'कठपुतली'को फस्ट लुक

काठमाडौं:  नेपाली हरर जनरामा बनेको फिल्म 'कठपुतली'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरले फिल्मको थिम समेटेको निर्माण टिमले जनाएको छ। फिल्मको प्रदर्शन मिति भने अझै तय भएको छैन।

फिल्मलाई सम्पदा मल्लले लेखेकी हुन्।  फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन्। निर्देशक लामाले हरर जनरा आफ्नो रुचीको विषय रहेको बताए।

उनले भने 'फिल्ममा दर्शकले नयाँ अनुभव गर्नेछन्। हरर फिल्म मेरो रोजाईको बिषय हो, मेरो लागि यो फिल्म एउटा ड्रिम प्रोजेक्ट नै हो।'

फिल्ममा अभिनेत्री गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ। फिल्मको पोस्ट प्रोडक्सनको काम लण्डनमा भइरहेको निर्माण टिमले जनाए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell