PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

'द गर्ल अन द ट्रेन्ड'को रिमेकमा परिनिती चोपडा



पहिलोपोस्ट

'द गर्ल अन द ट्रेन्ड'को रिमेकमा परिनिती चोपडा

ब्याडमिटन च्याम्पियन 'साइना नेहवाल'को बायोपिकमा हालै श्रद्धा कपुरलाई रिप्लेस गरेकी अभिनेत्री परिनिती चोपडाले नयाँ फिल्म गर्ने भएकी छिन्।

हलिउड फिल्म 'द गर्ल अन द ट्रेन'को रिमेकका लागि उनी अनुबन्धित भएकी हुन्। रिलायन्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई रिभू दासगुप्ताले निर्देशन गर्ने भएका हुन्।

इमिली ब्लन्टले निभाएको भूमिकामा उनी देखिँदैछिन्। परिनिती फिल्ममा डिभोर्सी एक महिलाको भूमिका निभाउनुपर्नेछ जसमा एक अपराधको अनुसन्धान पनि उ बाट सुरु हुन्छ।

पाउलो हकिन्सको बेस्ट सेलिङ पुस्तक 'द गर्ल अन द ट्रेन्ड'मा आधारित भएर फिल्म बन्ने भएको हो। यस पुस्तकमा पहिले पनि फिल्म बनिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell