PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

छायाँकन अगावै 'प्रेमगीत ३'को प्रदर्शन मिति तय



पहिलोपोस्ट

छायाँकन अगावै 'प्रेमगीत ३'को प्रदर्शन मिति तय

काठमाडौं : निर्माता सन्तोष सेनले 'प्रेमगीत ३' निर्माण गर्ने भएका छन्। फिल्मका लागि निर्देशक छेतेन गुरुङ फाइनल भएका छन्। फिल्मलाई छेतेन र सन्तोषले मिलेर निर्देशन गर्ने बताइएको छ।

फिल्मका कलाकारबारे निर्माण टिमले केही बोलेका छैनन्। तर, निर्माण टिमले फिल्मको प्रदर्शन टार्गेट सार्वजनिक गरेको छ।

टिम फिल्मलाई 'चैत २८' गतेदेखि प्रदर्शनमा ल्याउने तयारीमा छन्। फिल्मको रिलिज डेटसहितको पोस्टरसमेत सार्वजनिक गरिएको छ। पोस्टरमा एक व्यक्ति बन्चरो र बन्दुक भिरेरको अवस्थामा देखिन्छन्। 

निर्माता सन्तोषले यसअघि 'चंखे शंखे पंखे', 'प्रेमगीत', 'प्रेमगीत २', 'मेरी मामु' निर्माण गरेका थिए।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानारमा बनेको 'प्रेमगीत'को दोस्रो सिरिजसम्म अभिनेता प्रदीप खड्का दोहोरिए। 'प्रेमगीत ३'मा पनि प्रदीप नै देखिने चर्चा छ। तर, निर्माण टिमले जारी गरेको विज्ञप्तीमा भने प्रदीपबारे कुनै कुरा उल्लेख छैन।

के तेस्रो सिरिजमा प्रदीप अटाउलान्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell