PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कस्तो रहला बहु-प्रतिक्षित 'एभेन्जर्स इन्ड गेम'को ओपनिङ व्यापार?



पहिलोपोस्ट

कस्तो रहला बहु-प्रतिक्षित 'एभेन्जर्स इन्ड गेम'को ओपनिङ व्यापार?

बक्स अफिसको प्रतिक्षा अब 'एभेन्जर्सको इन्ड गेम' नै हो।

मार्भल स्टूडियो र डिज्नीका सुपरहिरोले विश्वभरबाट एक सातामा करिव एक खरब कमाउने अपेक्षा गरिएको छ। उत्तर अमेरिकाबाट ३० अर्ब कमाएर फिल्मले रेकर्ड राख्ने विश्लेषकको अनुमान छ। फिल्म ४ हजार ६ सय हलबाट एकसाथ प्रदर्शनमा आउँदैछ।

दर्शकको माग ध्यानमा राख्दै निर्माण टिमले फिल्मको सो बढाउने तयारीमा गरेको छ। अनलाइन टिकेट सेवा फडान्गोले अहिलेसम्म ४ हजार सो सोल्ड आउट भएको जानकारी दिएको छ। 

यो फिल्मले बक्स अफिसमा २०१९ कै अपार सफलता हासिल गर्ने आंकलन गरिएको छ। 'एभेन्जर्स इन्फिनिटी वार' निर्देशन गरेका रुसो ब्रदर्शले नै 'इन्ड गेम' निर्देशन गरेका हुन्। यो फिल्म मार्भलले निर्माण गरेका २१ सिरिजको क्लाइमेक्स हो।

'एभेन्जर्स इन्फिनिटी वार'ले विश्वभर ठूलो ओपनिङ व्यापार गरेको थियो। अब त्यो रेकर्ड 'इन्ड गेम'ले तोड्ने विश्व दर्शकमा चर्चाको विषय बनेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell