PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

'मुकुट'सँग नविन के भट्टराईको सहकार्य



पहिलोपोस्ट

'मुकुट'सँग नविन के भट्टराईको सहकार्य

गायक नविन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। रक ब्यान्ड मुकुटसँगको सहकार्यमा गीत 'तोडेर गयौ'को भिडियो रिलिज भएको हो।

नकुल कार्की र रोशन कुँवरको शब्द तथा संगीत रहेको गीतमा नविनले स्वर दिएका हुन्। 'मुकुट ब्याण्डको संगीत पृथक हुने भएर यो ब्यान्डसँग काम गरेको हुँ', सहकार्य बारे नविनले भने, 'यो गीत मेरो आफ्ना गीतहरुभन्दा केही फरक लाग्न सक्छ।'

ब्यान्डका लागि यो गीत कम ब्याक हुनसक्ने ब्यान्ड सदस्य बताउँछन्। ब्यान्डमा गिरिश सुवेदी, रोशन कुँवर, मनिष शाक्य, शरद देउला आवद्ध छन्।

विभुषण दाहालको निर्देशन रहेको उक्त म्युजिक भिडियोको छायांकन तथा सम्पादन विपिन रिजालले गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell