PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

केपीएल भोलिदेखि: विभागीय टिमसहित शक्ति गौचन खेल्दै, छक्का समात्ने दर्शकलाई नगद एक हजार



पी बी खड्का

केपीएल भोलिदेखि: विभागीय टिमसहित शक्ति गौचन खेल्दै, छक्का समात्ने दर्शकलाई नगद एक हजार

सुर्खेत: वाईवाई कर्णाली प्रिमिएर लिगको (केपीएल) दोस्रो संस्करणको तयारी पुरा भएको छ। भोलिदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संयोजक रेशम शाहीले जानकारी दिए। वीरेन्द्रनगरको स्थानीय कालुङ्चोक मैदानमा भोलि बिहान ११:०० बजे कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्ने भएका छन्। 

आयोजकका अनुसार उद्घाटनको पहिलो दिन र समापनको अन्तिम दिन एक–एक खेल हुने छ भने, अन्य दिन दुई–दुई वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

भोलि (१२ गते) पहिलो दिन उद्घाटन खेलमा रविन्द्रजंग शाहीको कप्तानीमा कर्णाली–११ (सुर्खेत) र मेहबुब आलमको कप्तानीमा रहेको लालिगुराँस क्रिकेट एकेडेमी (झापा) बिच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, दोस्रो दिन (१३ गते) शक्ति गौचनको कप्तानीमा न्यु होराइजन बुटवल र सुशील खड्काको कप्तानीमा रहेको महेन्द्रनगर क्रिकेट एकेडेमी विच प्रतिष्पर्धा हुने छ भने, सोही दिन दिउँसो विनोद भण्डारीको कप्तानी रहेको त्रिभुवन आर्मी क्लब र मेहबुब आलम कप्तानी रहेको लालीगुराँस क्रिकेट एकेडेमी भिड्ने छन्।

तेस्रो दिन (१४ गते) बिहान अजय साहनीको कप्तानी रहेको मध्यपश्चिम क्रिकेट क्लब (बाँके) र रविन्द्रजंग शाहीको कप्तानी रहेको कर्णाली–११ विच प्रष्पिर्धा हुने छ। सोही दिन दिउँसो बसन्त रेग्मीको कप्तानीमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लब र सुरेन्द्र चन्दको कप्तानीमा रहेको हिमालयन क्रिकेट एकेडमी (काठमाडौं) एक अर्कामा भिड्ने छन्।

प्रतियोगिताको चौथौ दिन (१५ गते) अजय साहनीको कप्तानीमा रहेको मध्यपश्चिम क्रिकेट क्लव (बाँके) र मेहबुब आलम कप्तानी रहेको लालीगुराँस क्रिकेट एकेडेमी प्रतिष्पर्धा गर्ने छन् भने, सोही दिन दिउँसो न्यु होराइजन बुटवल र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने छन्।

त्यसैगरी, पाँचौ दिन (१६ गते) विहान हिमालयन क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी विच प्रतिष्पर्धा गर्ने छन् भने, सोही दिन दिउँसो त्रिभुवन आर्मी र कर्णाली –११ प्रतिष्पर्धा गर्ने छन्।

प्रतियोगिताको छैठौँ दिन (१७ गते) न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी विच प्रतिष्पर्धा हुने छ भने, सोही दिन दिउँसो त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव भिड्ने छन्।

सातौँ दिन (१८ गते) नेपाल सशस्त्र प्रहरी क्लव र महेन्द्रनगर क्रिकेट एकेडेमी विच प्रतिष्पर्धा हुने छ। त्यसैगरी, प्रतियोगिताको २० गते सेमीफाइनलमा दुई वटा खेल हुने छन् भने, अन्तिम फाइनल खेल २१ गते विहान मात्रै हुने केपीएलका सदस्य मानबहादुर खड्काले जानकारी दिए। खड्काका अनुसार प्रतियोगिता अवधिभर १५ वटा खेल हुने छ।

यस अघि नेपाल पुलिस क्लव सहभागि हुने भनिएपनि आन्तरिक कारण देखाउँदै सहभागी हुन नसक्ने जनाएको छ।

गत वर्ष भएको कर्णाली प्रिमिएर लिगको पहिलो संस्करणमा बिजेता आर्मीले नगद तीन लाख हात पार्न सफल भएको थियो। त्यस्तै, शक्ति गौचनको टिम उपविजेतामा चित्त बुझाएको थियो।

दर्शकलाई मोटरसाइकल र प्रतिखेल दुई जनालाई एकएक हजार

प्रतियोगिता हेर्न आउने दर्शकका लागि लक्की ड्र मार्फत मोटरसाइकल उपहारको व्यवस्था गरिएको छ। आयोजकले ३० देखि पाँच सय रुपैयाँ टिकटको व्यवस्था मिलाएको आयोजक कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाहीले बताए।

खेलअवधिमा दर्शकले टिकट काटेर अवलोकन गरे प्रतियोगिताको अन्तिम दिन साढे दुई लाख बराबरको मोटर साइकल उपहार दिईने छ। त्यस्तै दोस्रो उपहार एलइडी टेलिभिजन,  राईस कुकुर, आइरन, लगाएत मोबाइल सेट उपहार दिईने आयोजकको भनाई छ।

त्यस्तै, टिकट पार्टनर खल्ती डटकम सेवाले पनि दर्शकका लागि नगद एक हजार प्रदान गर्ने छ। जसका लागि दर्शकले छक्का स्वरुप आएको बललाई एक हातले क्याच गर्नुपर्ने छ।  उक्त अफर प्रतिखेलमा दुई जना दर्शकलाई नगद एक/एक हजारका दरले दिईने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell