PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पुरुष क्रिकेट : पुलिसलाई हराउँदै एपीएफले जित्यो स्वर्ण



पहिलोपोस्ट

पुरुष क्रिकेट : पुलिसलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण विभागीय टोली एपीएफले जितेको छ।

बुधवार कोहलपुर क्रिकेट मैदानमा भएको विभागीय डर्बी भिडन्तमा नेपाल पुलिसलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो। एपीएफको लागि अनिल शाहले ३१ तथा शंकर रानाले २३ रन बनाए।

बलिङमा पुलिसका ललित नारायण राजवंशीले ३ तथा सागर ढकालले २ विकेट लिए।

१११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पुलिसले २० ओभर खेल्दै ९ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो। पुलिसका लागि कमल सिंह ऐरिले २ ओभरमा २ मेडन राख्दै ४ रन मात्र खर्चेर ३ विकेट लिए।

बसन्त रेग्मी र शरद भेषावकरले २-२ विकेट लिए।

कमल सिंह म्यान अफ दि म्याच घोषित भए।

यस्तै तेस्रो स्थानको लागि भएको खेलमा प्रदेश १ लाई पराजित गर्दै त्रिभुवन आर्मीले कास्य जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell