PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

पुरुष फुटबल : पुलिसलाई हराउँदै आर्मीले जित्यो स्वर्ण, विकासको गोल निर्णायक



पहिलोपोस्ट

पुरुष फुटबल : पुलिसलाई हराउँदै आर्मीले जित्यो स्वर्ण, विकासको गोल निर्णायक

बाँके : आठौं राष्ट्रिय खेलकुदको अन्तिम दिन भएको पुरुष फुटबलको स्वर्ण विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ।

बुधबार नेपालगन्जस्थित महेन्द्र रंगशालामा भएको विभागीय डर्बी फाइनलमा आर्मीले नेपाल पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो।

राष्ट्रिय खेलुकदमा लगातार दोस्रो पटक फाइनल खेलेको आर्मीका लागि आठौँमा स्वर्ण जिताउन पहिलो हाफको अन्तिममा विकास तामाङले गरेको गोल नै निर्णायक बन्यो।

४५औं मिनेटमा आर्मीका विकास तामाङले भरत खवासको कर्नरमा सुमन अर्यालले फ्लिक गरेको बलमा हेडिङबाट गोल गरे।

खेलमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन्।

दुई वर्ष अगाडी भएको सातौं राष्ट्रिय खेलकुदमा उपाधी भिडन्तमा आर्मी एपीएफसंग पराजित भएको थिए।

बुधबार बिहान तेस्रो स्थानका लागी भएको खेलमा प्रदेश ५ लाई हराउँदै एपीएफले कास्य पदक जित्यो।

यसैगरी महिला फुटबलमा  एपीएफले आर्मीलाई पेनाल्टीसुटआउटमा ५-३ ले पराजित गर्दै स्वर्ण जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell