PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सकियो आठौँ राष्ट्रिय खेलकुद, नवौँ गण्डकी प्रदेशमा २०७७ सालमा



पहिलोपोस्ट

सकियो आठौँ राष्ट्रिय खेलकुद, नवौँ गण्डकी प्रदेशमा २०७७ सालमा

बाँके : २०७७ सालमा गण्डकी प्रदेशमा भेट्ने बाचासहित आठौँ बृहत राष्ट्रिय खेलकुद सकिएको छ।

उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थितीमा बुधवार नेपागन्ज रंगशालमा आठौँ राष्ट्रिय खेलुकदको औपचारिक समापन भएको हो।

२०७५ साल चैत २७ गतेबाटै केही खेलहरु सुरु भएपनि आठौँको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले गरेका थिए।

७५ सालमा सुरु भएर ७६ सालमा सकिएको आठौँ बूहत खेलकुद कूल १५ दिनसम्म चल्यो। बुधवार नेपालगन्जस्थित महेन्द्र रंगशालमा पुरुष फुटबलको फाइनल भएपछि आठौँको समापन भएको हो।

यसैगरी त्रिभुवन आर्मी १४० स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो। ६२ स्वर्ण जितेको नेपाल पुलिस दोस्रो र ५२ स्वर्ण जितेको एपीएफ तेस्रो भयो।

अब नवौं राष्ट्रिय खेलकुद २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। बुधवारै दिउँसो बसको राखेपको बोर्ड बैठकले नवौं गण्डकीमा गर्ने घोषणा गरेको हो।

प्रदेश ५ को विभिन्न जिल्ला र केही खेलहरु अन्य प्रदेशमा भएको आठा राष्ट्रिय खेलकुदमा ५ हजार भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गरेका थिए। भने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र स्वयांसेवकहरु गरेर करिब १० हजारको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell