PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्ण जित्दै आर्मी च्याम्पियन, पुलिस दोस्रो एपीएफ तेस्रो



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्ण जित्दै आर्मी च्याम्पियन, पुलिस दोस्रो एपीएफ तेस्रो

बाँके : प्रदेश ५ मा आज सम्पन्न आठौँ बृहत राष्ट्रिय खेलकुद २०७५-७६ मा विभागीय टोलीले पदक तालिकामा वर्चस्य कायम गर्दा त्रिभुवन आर्मी सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ।

२०७५ साल चैत २७ गते सुरु भएर २०७६ बैशाख ५ गते औपचारिक उद्घाटन भएको अनी बैशाख ११ गते समापन भएको आठौङ्गा आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कास्यसहित कूल २८९ पदक जितेको हो। यस्तै नेपाल पुलिस ६२ स्वर्णसहित दोस्रो र एपीएफ ५४ स्वर्णका साथ तेस्रो भयो।

पुलिसले ४९ रजत र ४६ कास्य पनि जित्यो। यस्तै एपीएफले ६९ रजत र ८० कास्य पदक जित्यो।

पहिलो पटक सहभागिता जनाएको एनआरएनएले ६ स्वर्ण २ रजत र ५ कास्यसहित कूल १३ स्वर्ण जित्यो। ११ टोली सहभागि आठौँमा एनआरएनए १०औँ हुँदा ३ स्वर्ण जितेको कर्णाली अन्तिममा रह्यो।

यस्तो छ अन्तिम पदक तालिका:

स्रोत : राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell