PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजको टोली घोषणा, रसेल अटाए पोलार्ड अटाएनन्



पहिलोपोस्ट

विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजको टोली घोषणा, रसेल अटाए पोलार्ड अटाएनन्

आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेष्ट इन्डिजमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि वेष्ट इन्डिजको टोली घोषणा भएको छ।

विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम टोली बनेको वेष्ट इन्डिजले बुधवार ज्यासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो।

टोलीमा क्रिस गेल, आन्द्रे रसेल, कार्लोस ब्रेइथवेइट जस्ता चर्तित खेलाडी छन्। तर किरण पोलार्ड, सुनिल नारिन जस्ता खेलाडी भने अटाएनन्। हाल यी सबै खेलाडी इन्डियन प्रिमियर लिग आइपीएलमा खेलिरहेका छन्। यस्तै युवा खेलाडिहरु सिमरोन हेयतमार, ओसाने थोमस पनि टिममा अटाएका छन्।

मे ३० देखि जुलाई १४ सम्म हुने १२औँ संस्करणको विश्वकपमा १० टोलीले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै अन्य ९ टोलीले टिम घोषणा गरिसकेका छन्।

 

वेष्ट इन्डिजको १५ सदस्यीय टोली :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell