PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपीएलः पञ्जाबमाथि बैंग्लोरको जीत, प्लेअफको सम्भावना कायमै



पहिलोपोस्ट

आइपीएलः पञ्जाबमाथि बैंग्लोरको जीत, प्लेअफको सम्भावना कायमै

इन्डियन प्रिमियर लिग क्रिकेटको गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ। पञ्जाबलाई १७ रनले पराजित गर्दै बैंग्लोरले प्लेअफको सम्भावना समेत कायम राखेको छ। ११ खेलबाट बैंग्लोरको ८ अंक छ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले एबी डी भिलियर्सको विस्फोटक ब्याटिङको मद्दतले २० ओभरका २०२ रन बनाएको थियो। भिलियर्सले ४४ बलमा ७ छक्का तथा ३ चौकाको मद्दतमा नटआउट ८२ रन बनाए। बैंग्लोरको इनिङ्समा मार्कोस स्टोनिसले ४६ र पार्थिव पटेलले ४३ रन थपे।

२०३ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा १८७ रनमा समेटियो। पञ्जाबका लागि निकोलास पोरानले ४६ सर्वाधिक ४६ रन बनाए। यस्तै केलएल राहुलले ४२ रन जोड्दा मयंक अग्रवालले ३५ रनको योगदान दिए।

बलिङतर्फ बैंग्लोरका उमेश यादवले ३ तथा नवदीप सैनीले २ विकेट लिए। पञ्जाबका लागि मोहम्मद सामी, रविचन्द्र आश्विन मुरुगन आश्विनको नाममा एक/एक विकेट रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell