PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एसियन एथलेटिक्स च्याम्पियनसिप, नेपालका अजित यादवको उत्कृष्ट प्रदर्शन



पहिलोपोस्ट

एसियन एथलेटिक्स च्याम्पियनसिप, नेपालका अजित यादवको उत्कृष्ट प्रदर्शन

काठमाडौँः कतारमा भइरहेको २३औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजित यादवले पाँच हजार मिटरतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन्। हिजो भएको खेलमा अजितले निर्धारित दूरी १४ मिनेट ३६ सेकेन्डमा पूरा गरे।

यादवको यो पहिलो ठूलो प्रतियोगिता हो।

पाँच हजार मिटरतर्फ नेपालका लागि राजेन्द्र भण्डारीको राष्ट्रिय कीर्तिमान छ। राजेन्द्रले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट चार सेकेन्डको कीर्तिमान बनाएका थिए।

अजितले यसअघि हङकङमा भएको तेस्रो युथ एसियन च्याम्पियनसिपमा गोल्ड मेडल जितेका थिए। सिनियर लेभलमा भने यादवको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell