PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धनगढी विमानस्थल एक महिना बन्द हुँदै



एम बम

धनगढी विमानस्थल एक महिना बन्द हुँदै

कैलाली: त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलपछि लामो धावन मार्ग रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। विमानस्थलमा बिहीबार बसेको बैठकले धावन मार्ग कालोपत्रेका लागि विमानस्थल वैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। 

‘विमानस्थलमै बसेको बैठकले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो,' धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले भने, ‘सबै विमानहरूलाई उक्त जानकारीका लागि सूचनाका प्रकाशन गरिदिन नेपाल नागरिक उड्ड्यन प्राधिकरणको प्रधान कार्यालयलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ।
 
सामान्यतया विमानस्थलको कालोपत्रे ओभरलेयरको काम १० वर्षमा गर्नुपर्ने हुन्छ। तर धनगढी विमानस्थलमा भने झन्डै १४ वर्षपछि कालोपत्रे सुधारको काम गर्न लागिएको हो।
 
अब झन्डै १८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य सुरु हुने भएको हो। त्यसको ठेक्का लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला जे भी काठमाडौँले पाएको छ।
 
नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अब धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell