PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

'वीर बिक्रम २'को ट्रेलरमा दुई साथीको कथा



पहिलोपोस्ट

'वीर बिक्रम २'को ट्रेलरमा दुई साथीको कथा

काठमाडौं: फिल्म 'वीर बिक्रम २'को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा दुई साथीको मित्रता देखाइएको छ।

यसअघि 'वीर बिक्रम'ले पनि दुई साथीको मित्रताको कथा समेटेको थियो। ट्रेलरमा फिल्मका मुख्य कलाकार पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङ फिचर्ड छन्। फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

निर्देशक मिलनले 'वीर बिक्रम २' सिक्वेल फिल्म नभएको बताएका थिए। 

निर्माण टिमले पछिल्लो समय फिल्मको पोस्टर सार्वजनिक गरेको थियो। फिल्ममा अन्य कलाकार देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell