PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

पुरानो पहिचानको दु:खद् अवसान : दृश्यमा हेर्नुस् ४ वर्षपछिको बारपाक

पुरानो पहिचानको दु:खद् अवसान : दृश्यमा हेर्नुस् ४ वर्षपछिको बारपाक

प्रवीण रानाभाट/पहिलोपोस्ट


बारपाक : चार वर्ष अघिको कहालीलाग्दो भूकम्पको केन्द्रविन्दु हो गोरखाको बारपाक। भूकम्प गएको चार वर्षपछि यहाँ पुग्दा त्यसको कुनै संकेत देखिएन। भूकम्प गएको थियो र यहाँ ७२ जनाले ज्यान गुमाएका थिए भन्ने पनि तथ्याङ्कले मात्र बताउँछ, त्यसबाहेक कुनै संकेत छैन।

यहाँ सबैकुरा फेरिएको छ। पहिलेको जस्तो घरहरु छैन। न त बनेका घरको स्वरुप नै उस्तै छ। लाहुरेहरुको बस्तीका रुपमा चिनिएको पर्यटकीय गन्तब्य बारपकको चार वर्ष अघिको पहिचान धुमिल भइसकेको छ। भूकम्पले यहाँ रहेका १ हजार ३ सय १ घर नै ध्वस्त पारेको थियो। भूकम्पको इपिसेन्टर भएका कारण ढुंगा माटोको गाह्रोमा टिकेको बस्ती पूरै सखाप भयो। ढुंगाकै छाना छाइएका उस्तैउस्तै लाग्ने घरहरुले यहाँ आउने जो कसैलाई पनि लोभ्याउँथ्यो।

यतिखेर त्यस्तो कमजोर घर यहाँ देखिन्न। बनाउनेहरुले सकेसम्म बलियो घर बनाएका छन्। करिब ८८ प्रतिशत त निर्माण सम्पन्न नै भइसकेको छ। पुरानो मौलिकता गुमाउँदै गर्दा कंक्रिटमय बनेको छ बारपाक। पुरानो बस्ती नयाँ लाहुरे बस्ती झै देखिन थालेको छ। कसले ठूलो र अग्लो घर बनाउने भन्ने होड चलेको त होइन? जो कसैले पनि यहाँ उठेको बस्तीलाई देख्नासाथ प्रश्न गर्न सक्छ। यहाँका घरहरु कति मापदण्डअनुसार बनेका छन्, खोजीको विषय नै हो। तर, एउटा सत्य के हो भने - यसले आफ्नो पहिचान चाहिँ पूरै गुमाइसकेको छ।

पहिलो पटक यहाँ पुग्नेले 'आह' भने पनि पुरानो पहिचान चिनेकाहरुका लागि भने यो ठाउँको पहिचानकै दुखद् अन्त्य भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell