PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एयर गन सहित किन काठमाडौं आए पोल्यान्डका नागरिक?



पहिलोपोस्ट

एयर गन सहित किन काठमाडौं आए पोल्यान्डका नागरिक?
प्रतीकात्मक फोटो

काठमाडौं : प्रहरीले एक जना पोल्याण्डका नागरिकलाई हतियारसहित पक्राउ गरेको छ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले राहदानी नम्बर इएक्स १६५२४०९ बाहक एडोम रज्जर एडाड्मुसलाई पक्राउ गरेको हो।

उनी कतार एयरबाट काठमाडौं आएका थिए। एडोमले ह्याण्ड ब्याग भन्सार कार्यालयले चेक गर्ने क्रममा 'मेड इन चाइना' लेखिएको बन्दुक र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारेको प्रहरीले जनाएको छ। विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले विदेशी नागरिकको साथबाट एयर गन फेला परेको बताए।

पोल्याण्डमा शिक्षक रहेको बताउने एडोमले साथीले मगाएको कारण 'गन' ल्याएको बयान दिएको एसएसपी भण्डारीले बताए।

पक्राउ पोल्याण्डका नागरिकलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell