PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

आइपीएलः राजस्थानद्वारा कोलकता तीन विकेटले पराजित



पहिलोपोस्ट

आइपीएलः राजस्थानद्वारा कोलकता तीन विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्समाथि ३ विकेटको जीत हात पारेको छ। जीतसँगै राजस्थान अंक तालिकामा रनरेटका आधारमा अन्तिमबाट दोस्रो स्थानमा उक्लिएको छ। कोलकताले दिएको १७६ रनको लक्ष्य १९ ओभर २ बलमा पूरा गर्दै राजस्थान विजयी भएको हो। 

खेलमा पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। कलकताका लागि कप्तान दिनेश कार्तिकले नटआउट ९७ रन जोडे। कार्तिकले ५० बलमा ९ छक्का र ७ चौका प्रहार गरे। कलकताको इनिङ्समा नितिश रानाको २१ रनबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन। 

१७६ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि रियान परागले ४७ रनको योगदान दिए। उनले ३१ बलमा २ छक्का र ५ चौका प्रहार गरे। उनी हिट विकेटका रुपमा आउट भए। यस्तै, ओपनर अजिन्क्या राहणेले ३४ तथा जोफ्रा आर्केरले २७ रनको योगदान दिए। 

बलिङतर्फ कोलकताका पीयुष चावलाले ३ विकेट लिए। राजस्थानका वरुण आरोणका नाममा २ विकेट रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell