
एक मिनेट लामो सर्ट फिल्म महोत्सव सम्पन्न भएको छ। ओपन स्पेस नेटवर्क र मोराङ्गो फिल्मसको आयोजनामा '६० सेकेन्ड इन्टरनेसनल फिल्म फेस्टिभल' भएको हो।
२५ अप्रिल, बिहीबार काठमाडौं साथै बिराटनगर, दाङ, बैतडी, पोखरा, बुटवल, भैरहवा र नेपालगञ्जमा फिल्महरु देखाइयो। महोत्सवमा २० देशका ४६ सर्ट फिल्महरु प्रदर्शन भए। कमेडी, एक्सन, फिक्सन, एनिमेसन, भ्लग लगायत विधाका फिल्महरु थिए।
यो महोत्सवको सातौं संस्करण हो।