PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

चन्द्रागिरी गोल्डकप भोली देखि, ८ टिमले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

चन्द्रागिरी गोल्डकप भोली देखि, ८ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौँ : चन्द्रागिरी गोल्डकपको दोस्रो संस्करण भोलीदेखि सुरु हुने भएको छ। दीपशिखा युवा समूहको आयोजना प्रतियोगिता वैशाख १५ देखि २२ गतेसम्म हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानरी गराइएको हो।

यसअघि पहिलो संस्करण ब्राइट युथ क्लबले आयोजना गरेको थियो। प्रतियोगिता एक डिभिजनमा क्लबसहित कूल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

जसमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै आयोजक दीपशिखा युवा क्लब जावलाखेल युथ क्लब, सरस्वती युथ क्लब, फ्रेण्ड्स क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लब छन्।

प्रतियोगिताको सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित नैकाप खेल मैदानमा आयोजना हुने प्रतियोगिताका संयोजक रमेश बुढाथोकीले जानकारी दिए।

पहिलो संस्करणमा दर्शक बस्नका लागि प्याराफिट नभएकोलेयस पटक प्याराफिटको व्यवस्था गरिएको उनले बताए।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रोजबिहनी सिर्जनसिल महिला समाज रहेको छ। रोज बिहनीले प्रतियोगिताको लागि नगद १० लाख उपलब्ध गराउने यस संस्थाका संक्रक्षक माधव प्रसाद भण्डारीले जानकारी दिए।

यस्तै नगरपालिकाले पनि ६ लाख दिने आयोजकले जनाएको छ।

साविक विजेता हिमालयन शेर्पा क्लब भने यसपटक सहभागि छैन। क्लबको आन्तरिक व्यवस्थापन नमिलेका कारण यसपटक सहभागि नभएको प्रतियोगिता संयोजक बुढाथोकीले जानकारी दिए।

८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछ।

यस्तै उत्कृष्ट खेलाडी र सर्वाधियक गोलकर्तालाई ३०-३० हजार प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालनको बजेट करिब ४५ लाख लाग्ने आयोजकले जनाएको छ।

 

उद्घाटन खेलमा आर्मी र जावालखेल भिड्ने

प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथ क्लब शनिवार भिड्ने भएका छन्। यस खेलको विजेता सिधै सेमिफाइनल पुग्नेछ ।

सहभागि ८ टोलीलाई दुई पुलमा विभाजन गरिएको छ। आर्मी र जावलाखेलसँगै दीपशिखा र सरस्वती क्बल पुल ए मा छन्। यस पुलबाट एउट टोली फाइनल पुग्नेछ।

यस्तै अर्को पुलमा फ्रेण्ड र एपीएफ र वीरगन्ज र च्यासल बीच क्वाटरफाइनल खेल हुनेछ। त्यस खेलको विजेता सेमिफाइनलमा खेल्नेछन र विजयी हुने टोली फाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell