PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सोमबार सरकारसँग वार्तामा बसेको राप्रपा थप संघर्षको कार्यक्रम तय गर्न आन्तरिक छलफलमा 



विधुर ढकाल

सोमबार सरकारसँग वार्तामा बसेको राप्रपा थप संघर्षको कार्यक्रम तय गर्न आन्तरिक छलफलमा 

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वार्ता र संर्घषलाई समानान्तर रुपमा लैजाने गरी तयारी थालेको छ। राप्रापाले जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न जनसंघर्षको तयारीलाई तीव्रता दिएको छ। 


राप्रापाले पार्टीका वरिष्ठ उपाध्यक्ष वुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति बनाएको थियो। समितिको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न भएको छ। 


केन्द्रीय पदाधिकारीहरु तथा प्रदेश प्रमुखहरुको संयुक्त बैठकमा आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धी छलफल भएको राप्रपाले जनायो। 


बैठकमा सहभागीहरुले जनसंघर्षका आगामी कार्यक्रमहरु भव्य एवं प्रभावकारी बनाउन विभिन्न सुझावहरु पेश गरेका छन्। 
हिन्दुराष्ट्र पुनःस्थापना लगायतका २२ बुँदे माग अघि सारेर गत फागुन ७ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएको राप्रपालाई यसबीच सरकारले वार्तामा बोलाएको थियो। सोही अनुरुप पहिलो चरणको वार्तासमेत सकिएको छ। 


सोमबारमात्र सरकारसँग वार्तामा बसेको राप्रपाले वार्ता र संर्घषलाई समानान्तर रुपमा अगाडि बढाउने भन्दै यसमा विरोधभाषपूर्ण केही नभएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए। ‘वार्ता पनि जारी छ। पहिलो चरणको वार्ता सौहार्दपूर्ण ढंगले सम्पन्न भयो,’ उनले पहिलोपोस्टसँग भने, ‘वार्तामा दुबै पक्षले आन्तरिक छलफल गरी अर्को वार्ता बस्ने सहमति भएको छ। यसबीच पार्टीको संघर्ष समितिले संगठन सुदृढिकरण र संघर्षका कार्यक्रम बारेमा पनि छलफल गरिरहेको छ।’


राप्रपाले पहिलो चरणको संघर्षको कार्यक्रम सकेको छ। ‘यसबीच हामीले पहिलो चरणको संघर्षको कार्यक्रम सकेका छौँ। पहिलो चरणको कार्यक्रम हामीले सक्यौँ। हामीले दोस्रो चरणको कार्यक्रम तय गर्न समिति बनाएका थियौँ। समितिले छलफल गरिरहेको छ,’ उनले भने, ‘यसबीच हामीले वार्ताका लागि भनेर पूर्वनिर्धारित केही संघर्षका कार्यक्रमलाई स्थगित गरेका छौँ। अब समितिले एक हप्ता भित्र सुझाव संकलन पेश गर्न गर्छ। र केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनको अर्को कार्यक्रम तय गर्छ।’ 


राप्रपाले गठन गरेको वार्ता टोलीले पनि सरकारसँग वार्तालाई अगाडि बढाउने नेता श्रेष्ठले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell