PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आयो 'जात्रै जात्रा'को ट्रेलर



पहिलोपोस्ट

आयो 'जात्रै जात्रा'को ट्रेलर

काठमाडौं : प्रचार टार्गेट गरेर फिल्म 'जात्रै जात्रा'को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, दया हाङ राई र वर्षा राउत फिचर्ड छन्।

प्रदीप भट्टराई निर्देशित फिल्मको यसअघि गीत सार्वजनिक भएको थियो। जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत छ।

फिल्ममा अन्य कलाकार राजाराम पौडेल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानिया, सोहित मानन्धरलगायतको अभिनय छ।  प्रदीपले यसअघि 'सत्रुगते' निर्देशन गरेका थिए। यसअघि दर्शकले 'जात्रा'लाई रुचाएका थिए।  'जात्रै जात्रा'ले भने दर्शकबाट कस्तो साथ पाउला त्यो त फिल्म प्रदर्शनपछि नै थाह हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell