PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

अष्ट्रेलियासँग नेपालको फराकिलो हार



पहिलोपोस्ट

अष्ट्रेलियासँग नेपालको फराकिलो हार

काठमाडौँ : एएफसी यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग फराकिलो गोलअन्तरले पराजित भएको छ।

म्यानमारमा आजदेखि सुरु भएको छनोटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११-१ ले पराजित भएको हो।

म्यानमारको मण्डलेस्थित मण्डलार्थिरी स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले नेपाललाई पहिलो हाफमा ६ र दोस्रो हाफमा ५ गोल गरेको हो।

नेपालको लागि एक मात्र गोल पहिलो हाफको इन्जुरी टाइममा मन्जली कुमारी योन्जनले गरिन्।

फराकिलो अन्तरले पराजित भएपछि नेपालकी कप्तान सरु लिम्बुले यति धेरै गोल खाने अपेक्षा नराखेको प्रतिक्रिया दिइन्।

'हामी भन्दा अष्ट्रेलिया धेरै माथिको टोली हो। उनीहरुलाई फिजिकल र हाइटको एडभान्टेज भयो। सोचेको भन्दा धेरै गोल खाइयो। तैपनि हामी बाँकी दुई खेलमा राम्रो प्रदर्शन गर्दै जित्ने प्रयास गर्नेछौँ।'

छनोट अन्तर्गत नेपालले दोस्रो खेल अप्रिल २८ मा उज्वेकिस्तान र अप्रिल ३० मा म्यानमारसंग खेल्नेछ।

छनोटको शीर्ष दुई टोलीले थाइल्याण्डमा आगामी अक्टोबरमा हुने एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान पक्का गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell