PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नेपाली क्रिकेट टिमको आधिकारीक फिटनेस सेन्टरमा निर्वाणा वेलनेस सेन्टर, २ वर्षको लागि भयो सम्झौता



पहिलोपोस्ट

नेपाली क्रिकेट टिमको आधिकारीक फिटनेस सेन्टरमा निर्वाणा वेलनेस सेन्टर, २ वर्षको लागि भयो सम्झौता

काठमाडौँ : नेपालको क्रिकेट टिमको आधिकारी फिटनेस सेन्टरको रुपमा निर्वाणा वेलनेस सेन्टर रहने भएको छ।

शुक्रवार निर्वाणा वेलनेस सेन्टर र नेपाली क्रिकेट टिमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। सम्झौता दुई वर्षको लागि भएको राष्ट्रिय टिमका म्यानेजर/टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

सम्झौतामा निर्वाणा वेलनेस सेन्टरका सञ्चालन प्रमुख राजन शाही र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले हस्ताक्षर गरे।

निर्वाणा वेलनेस सेन्टर परिसरमा भएको कार्यक्रममा सेन्टरका फिटनेश तथा पर्सनल ट्रेनिङ्ग डाईरेक्टर मिलन बिक्रम सिजापति तथा नेपाली क्रिकेट टिमका मेनेजर रमन सिवाकोटीसमेतको उपस्थिति थियो।

मिलन सिजापती धर्मश्रीको च्याम्पियन समेत हुन्।

'समझदारी बमोजिम निर्वाणा वेलनेस सेन्टर आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टिमको आधिकारिक फिटनेस सेन्टरको रुपमा सेवा प्रदान गर्नेछ। निर्वाणा एकै पटकमा ६० जनाले सेवा लिन सक्ने क्षमता भएको सम्भवतः देशकै सबैभन्दा ठूलो फिटनेश सेन्टर हो।' विज्ञप्तीमा उल्लेख छ।

नेपाली क्रिकेट टिमका सदस्यहरु यस समझदारीबाट आफ्नो नियमित शारिरिक अभ्यास तथा सुगठनमा सहयोग पुग्ने विश्वासका साथ निर्वाणाको उत्कृष्ट तालिमको प्रतिक्षामा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell