PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

प्रिमियर लिग : हडर्शफिल्डलाई ५ गोल गर्दै लिभरपुल शीर्ष स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : हडर्शफिल्डलाई ५ गोल गर्दै लिभरपुल शीर्ष स्थानमा

प्रिमियर लिग अन्तर्गत गंएराती भएको खेलमा मात्र खेलमा लिभरपुलले हडर्शफिल्डलाई ५-० ले पराजित गरेको छ।

मोहमद सलाह र साडियो मानेको दुई-दुई गोलको मद्दतमा फराकिलो जित हात पारेपछि लिभरपुल पुन: अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ।

यो जितपछि लिभरपुलले लिगमा दुई खेल खेल्न बाँक रहँदा म्यानचेष्टर सिटीमाथि २ अंकको अग्रता बनाएको छ। तर सिटीले भने ३ खेल खेल्न बाँकी छ।

लिभरपुलको ३६ खेलबाट ९१ अंक छ भने सिटीको ३५ खेलबाट ८९ अंक छ।

अब लिभरपुल र सिटीले बाँकी रहेका आ-आफ्नो खेल जितेमा भने सिटी नै च्याम्पियन बन्नेछ। लिभरपुल च्याम्पियन बन्नको लागि सिटीले अंक गुमाउनु पर्नेछ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मानेले २३औँ र ६६औँ मिनेटमा गोल गरे। यस्तै सलाहले पहिलो हाफको इन्जुरी टाइम र ८३औँ मिनेटमा गोल गरे। खेलको पहिलो मिनेटमै लिभरपुलका नेवी काइटाले गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell