PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आइपीएलः हैदराबादमाथि राजस्थानको सात विकेटको जीत, प्लेअफको सम्भावना बलियो



पहिलोपोस्ट

आइपीएलः हैदराबादमाथि राजस्थानको सात विकेटको जीत, प्लेअफको सम्भावना बलियो

इन्डियन प्रिमियर लिग (आइपीएल) को गएरातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै राजस्थानले प्लेअफको सम्भावनालाई थप बलियो बनाएको छ। जीतसँगै राजस्थानले पनि हैदराबाद, पञ्जावसँगै समान अंक बनाएको छ। १२ मध्ये पाँच खेल जितेको राजस्थानले १० अंक जोडेको छ।

जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो। हैदराबादका लागि मनीष पाण्डेले सर्वाधिक ६१ रन बनाए। यस्तै, डेविड वार्नरले ३७ रन जोडे।

१६१ रन पछ्याएको राजस्थानले १९१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। राजस्थानका लागि सञ्जु सामसनले नटआउट ४८ रन जोडे। ३२ बलमा एक चौका र चार छक्काको मद्दतमा सामसनले ४८ रन बनाए। राजस्थानको इनिङ्समा लियाम लिभिङ्स्टोनले ४४ रन तथा अजिणक्या राहणेले ३९ रनको योगदान दिए।

बलिङतर्फ राजस्थानका वरुण आरोण, ओसाने थोमस, श्रेयस गोपाल र जयदेव उनडकटले समान दुई/दुई विकेट लिए। हैदराबादका शकिव अल हसन, खालिल अहमद तथा रसिद खानले एक/एक विकेट लिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell