PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

एसीसी यू १६ क्रिकेट: फाइनलमा मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, मध्यम सुरुवात



पहिलोपोस्ट

एसीसी यू १६ क्रिकेट: फाइनलमा मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, मध्यम सुरुवात

काठमाडौँ : एसीसी यू-१६ इस्टरजन रिजन क्रिकेटको उपाधिका लागि नेपाल र मलेसियाबीच अहिले खेल भइरहेको छ।

थाइल्याण्डको चियाङमाईमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपालको लागि ओपनर दिपक बोहराले २३ रन बनाएपनि ३ विकेट गुमाइसकेको छ।

दिपकले १९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २३ रन बनाएका हुन्।

स्शान्त थापा ५ र आशिष भट्टराई २ रन बनाएर आउट भइसकेका छन्।

९ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ३३ रन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell