PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

एसीसी यू-१६ क्रिकेट : फाइनलमा नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य



पहिलोपोस्ट

एसीसी यू-१६ क्रिकेट : फाइनलमा नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले मलेसियालाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो।

नेपालको लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए। यस्तै दिपक बोहराले २३, कप्तान विशाल विक्रम केसीले १७ तथा निखिल कुमार सिंहले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

मलेसियाका लागि सचिनु हेटिजले ३ तथा जिनेन्द्र मुरलीले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell