PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'कुम्भ करण'को पोस्टरमा नयाँ प्रदर्शन मिति



पहिलोपोस्ट

'कुम्भ करण'को पोस्टरमा नयाँ प्रदर्शन मिति

काठमाडौं :  आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको फिल्म 'कुम्भ करण'को दुई पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा फिल्मका मुख्य अभिनेता गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल फिचर्ड छन्।

चरित्र चित्रण गर्ने यस पोस्टरले फिल्ममा निशाको भूमिका शिक्षिकाको रहेको प्रस्ट्याँछ। फिल्ममा गौरव पनि शिक्षकको भूमिकामा नै देखिनेछन्। गत असार २२ मा नै रिलिज गर्ने भनिएको फिल्म अब सरेर जेठ १७ गतेलाई तय भएको छ।

सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित भएको फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्। फिल्ममा महेश दवाडीको पटकथा/संवाद छ। फिल्ममा अन्य कलाकार प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्रीको अभिनय छ।

गोविन्द मधुर आचार्यको संगीत रहेको फिल्ममा हरि घले लामाको छायाँकन तथा  मिलन श्रेष्ठको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell