
वर्षतामान विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीबीच को उत्कृष्ट भन्ने बहस निरन्तर चलिहरको छ। दुवैले आ-आफ्नो क्लबमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
दुवैले यस सिजन लिग उपाधि समेत जितिसकेका छन्।
यसै बेला पोर्चुगिज खेलाडी रोनाल्डोले क्लब करियरको ६ सयौँ गोल पूरा गरेका छन्। यसमा उनले मेसीलाई पछि पारेका छन्।
युभेन्ट्सबाट खेलिरहेका रोनाल्डोले इन्टरमिलान विरुद्धको १-१ को बराबरी भएको खेलमा गोल गरेका हुन्।
उक्त गोलपछि उनको करियर गोलसंख्या ६०० पुगेको छ। यसक्रममा रोनाल्डोले चार फरक देशको लिग खेले। तीन देशमा लिग उपाधि जिते।
रोनाल्डोले रियल मड्रिडका लागि सर्वाधिक ४५० गोल गरेका थिए। यस्तै म्यानचेष्टर युनाइटेडका लागि ११८, स्पोर्टिङ लिस्वनका लागि ५ र युभेन्ट्सका लागि २७ गोल गरेका छन्।
यस्तै रोनाल्डोले पोर्चुगलका लागि पनि ८५ गोल गरिसकेका छन्।
क्लब करियरमा सर्वाधिक गोल गर्नेमा दोस्रोमा रहेका मेसीले बार्सिलोनाका लागि ५९७ गोल गरिसकेका छन्।
मेसीकै निर्णायक गोलमा लेभान्टेलाई पराजित गर्दै बार्सिलोनाले यस सिजनको ला लिगा उपाधि जितेको हो।