PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेपाल आइडलका अमित बरालले ल्याए नयाँ गीत



पहिलोपोस्ट

नेपाल आइडलका अमित बरालले ल्याए नयाँ गीत

काठमाडौं : नेपाल आइडलको दोस्रो सिजनमा शीर्ष पाँचसम्म पुगेका गायक अमित बरलाले नयाँ गीत सार्वजनिक गरेका छन्।

गायक पुस्पन प्रधानको शब्द तथा संगीतमा उनले 'म तिम्रै हुँ' सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा उनी आफै फिचर्ड छन्। भिडियोमा अमितसँगै कलाकार साक्षी लम्सालको अभिनय छ। 

गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्। मोहनराज अधिकारीले निर्देशन गरेको भिडियोमा लोकेश बज्रचार्यको सम्पादन र शिवराम श्रेष्ठको छायाँकन छ। यसअघि दोस्रो सिजनका विजेता रवि ओडले पनि नयाँ गीत सार्वजनिक गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell