
काठमाडौं : अभिनेता किरण केसी 'राता मकै'को उपनामले दर्शकमा चिनिन्छन्। उनले उक्त उपनाममै प्रवेशद्वार निर्माण गरेका छन्।
'रात मकै गेट'लाई ललितपुर लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ र मह जोडी (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य)ले उद्घाटन गरेका हुन्।
उक्त गेट ललितपुरको इमाडोलमा रहेको रातामकै चोकमा अवस्थित छ। करिव १२ वर्ष अगाडी नामांकन भएको राता मकै चोक र राता मकै मार्गले आफूलाई गेट बनाउन प्रेरित गरेको किरणले बताए।
उनले भने 'यहाँ मैले विभिन्न स्थानमा आफूले सक्दो विकास निर्माणमा हातेमालो गरिरहेको छु त्यसैले पनि यहाँ गेट आवश्यक देखेकोले निर्माण गरेको हुँ। यहाँ राज्यले नै रातामकै मार्ग नामांकन गरिसकेपछि मेरो यो दायित्व पनि हो।'
किरण प्रस्तुतकर्ता रहेको फिल्म 'दाल भात तरकारी' प्रदर्शनको तयारीमा छ।