काठमाडौँ: जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति कागेश्वरी मनोहरा नगरपालिका वडा ६ तिवारी टोलस्थित प्रेम तिवारीको १ तले घरमा डेरा गरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ का ५४ वर्षीय रेन्जेन दोङसहित सात जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट प्रहरीले एक लाख १६ हजार ८१५ रुपैयाँसमेत बरामद गरेको जनाएको छ।