PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

इतिहास रच्दै सावित्रा र अनिता



पहिलोपोस्ट

इतिहास रच्दै सावित्रा र अनिता

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टिमका दुई सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत विदेशी लिग खेल्न भोली भारत जाँदैछन्। उनीहरु नेपालबाट विदेशी लिग खेल्ने पहिलो  खेलाडी बन्दैछन्।

दुवै राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन् भने घरेलु फुटबलमा एपीएफबाट खेल्दै आएका छन्।

सावित्रा र अनिताले भारतमा हुने हिरो इन्डियन वुमन्स लिगमा सेथु एफसीबाट खेल्नेछन्।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतवार दुवै खेलाडीलाई बिदाई गरेको छन।

सावित्रा र अनिताले गत वर्ष माल्दिभ्समा फुटसल खेलेका थिए।

हिरो वुमन्स लिगको तेस्रो संस्करण खेल्न लागेका हुन्। सेथुसहित सात क्लब समूह बी मा छन्। यस्तै समूह ए मा पनि ७ क्लब नै छन्।

मे ५ देखि सुरु हुने लिगमा कूल १४ टोलीको सहभागिता रहनेछ। लिगका सबै खेलहरु गुरु नानक स्टेडियम लुधियानामा हुनेछ।

दुबै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्।

लिग चरणका खेलहरु मे १८ सम्म हुनेछ भने सेमिफाइनल खेलहरु मे २० मा र फाइनल मे २२ मा हुनेछ।

राइजिङ स्टुडेन्स क्लब डिफेन्डिङ च्याम्पियन हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell