PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

ब्याडमिन्टन: थाइल्याण्डमा नेपालका प्रिन्सलाई रजत



पहिलोपोस्ट

ब्याडमिन्टन: थाइल्याण्डमा नेपालका प्रिन्सलाई रजत

काठमाडौँ : नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले थाइल्याण्डमा भएको योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेसनल च्याम्पियनसिप-२०१९ को ब्वाइज यू-१७ मा दोस्रो स्थान हात पारेका छन्।

आइतवार भएको फाइनलमा भारतीय खेलाडीसँग सोझो सेटमा पराजित भएपछि प्रिन्सले रजत पदकमा चित्त बुझाएका हुन्।

बैककमा भएको फाइनलमा प्रिन्स भारतका गन्धहाम प्रनभसँग २१-१५, २१-१२ ले पराजित भए।

प्रनभ भारतका शीर्ष वरीयताका खेलाडी हुन्।

प्रिन्स नेपालमा भएको आठौँ राष्ट्रिष खेलकुद खेलेर थाइल्याण्ड गएका हुन्। आठौँको पुरुष स्पर्धामा उनी समिफाइनलसम्म पुगेका थिए। जहाँ उनी नेपाल नम्बर १ रत्नजित तामाङसँग पराजित भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell