PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

विराटको बैंगलोर विरुद्ध खेल्न सन्दीप दिल्लीको प्लेइङ ११ मा



पहिलोपोस्ट

विराटको बैंगलोर विरुद्ध खेल्न सन्दीप दिल्लीको प्लेइङ ११ मा

काठमाडौँ : नेपाली युवा स्टार सन्दीप लामिछाने आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स विरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेका छन्।

यसअघिका खेलाडी पहिलो रोजाईमा नपरेका सन्दीपले आइतवार हुने बैंगलोर विरुद्धको खेलमा प्लेइङ ११ मा स्थान बनाएका हुन्।

उनी विदेशी खेलाडीको कोटामा क्रिस मोरिसको स्थानमा टिममा परेका हुन्।

उनले पछिल्लो खेल अप्रिल २० मा किंग्स ११ पञ्जाव विरुद्ध खेलेका थिए। उक्त खेलमा उनले ३ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell