PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

'एभेन्जर्स इन्ड गेम'ले ओपनिङ व्यापारको रेकर्ड तोड्यो, दुई दिनमा नेपालबाट १ करोड ४० लाख कमाइ



पहिलोपोस्ट

'एभेन्जर्स इन्ड गेम'ले ओपनिङ व्यापारको रेकर्ड तोड्यो, दुई दिनमा नेपालबाट १ करोड ४० लाख कमाइ

काठमाडौं :  'एभेन्जर्स इन्ड गेम'ले बक्स अफिसमा तहल्कै मच्चाएको छ। फिल्म इतिहासमै पहिलोपटक यो फिल्मले विश्वभर अनुमानित ६४ करोड ४४ लाख डलरको ओपनिङ व्यापार गरेको छ।

मार्भल स्टूडियो र डिज्नीले नै निर्माण गरेको 'एभेन्जर्स इन्फिनिटी वार'ले यसअघि विश्वभरबाट ६४ करोड १० लाख डलरको ओपनिङ व्यापार गरेको थियो। 'इन्ड गेम'ले उक्त रेकर्ड नै तोडेको हो।

२०१७ को 'द फेट अफ दि फ्यूरियस'ले वीकेन्डमा कमाएको व्यापारलाई समेत यो फिल्मले उछिनेको छ।

'इन्डगेम'ले चाइनाको ओपनिङ व्यापारमा पनि रेकर्ड तोडेको छ। प्रदर्शनको तेस्रो दिनमै चाइनाबाट धेरै व्यापार गर्ने फिल्म सावित भयो। फिल्मले अहिलेसम्म चाइनाबाट २१ करोड ७० लाख डलर कमाइसकेको छ। उत्तर अमेरिकाको ओपनिङ व्यापारमासमेत यो फिल्मले रेकर्ड राखेको हो। फिल्मले ओपनिङको दिन त्यहाँ १५ करोड ६७ लाख डलरको रेकर्ड राख्यो। फिल्मले अहिलेसम्म विश्वभरबाट १ खर्ब ९० अर्व डलरको व्यापार गरेको सिएनएन बिजनेसमा उल्लेख छ।

फिल्मले भारतबाट ५३ करोड १० लाख भारुको ओपनिङ गरेको छ। यो फिल्म 'बाहुबली'पछि धेरै रकमको ओपनिङ व्यापार गर्ने फिल्म बन्यो। दुई दिनमै फिल्मले भारतबाट १०० करोड माथिको व्यापार गरेको छ। तीन दिनमा १०० करोड कमाउने सलमान खान, साहरुख खान र आमिर खानका फिल्मको रेकर्डलाई यो फिल्मले तोडेको कोइमोइमा उल्लेख छ।

फिल्मले नेपालमा भने ६० लाखको ओपनिङ व्यापार गर्‍यो। शनिबार फिल्मले ८० लाखको व्यापार गरेको 'इन्ड गेम'का नेपाल वितरक मनोज राठीले बताए। हलिउडको नेपाल प्रदर्शनको इतिहासमा ६० लाखको ओपनिङ व्यापार गर्न फिल्म सफल भएको राठीले जनाए।

प्रदर्शनको दुई दिनमा फिल्मले १ करोड ४० लाखको ग्रस कलेक्सन गरेको छ। उनले भने 'यो फिल्म जम्मा २८ वटा हलमा रिलिज भयो। दुई दिनमा १ करोड ४० लाखको व्यापार गर्‍यो।'

फिल्मले अहिले पनि मल्टिप्लेक्सलाई लिड गरिरहेको अवस्था छ। 

क्युएफएक्सका हलहरुमा यो फिल्मको सोमबारको सो। 

फिल्ममा मार्भलका अघिल्ला २१ टाइटलका एभेन्जर्सहरु 'इन्ड गेम'मा देखिन्छन्। रुसो ब्रदर्श निर्देशित फिल्मले वीकेन्डमा कति कमाउला त्यो त पछि नै थाहा हुनेछ। फिल्मले वैशाख २० गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म दाल भात तरकारीलाई कतिको प्रभाव पार्ने हो, त्यो हेर्न बाँकी छ। 'दाल भात तरकारी'ले यही फिल्मसँग जुध्ने भएकोले आफ्नो रिलिज मिति एक साता पर सारेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell