PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एकदिवसीय मान्यता पाउने देश २० पुगे, नेपालसहित ७ टोलीले विश्वकप लिग २ खेल्ने



पहिलोपोस्ट

एकदिवसीय मान्यता पाउने देश २० पुगे, नेपालसहित ७ टोलीले विश्वकप लिग २ खेल्ने

काठमाडौँ : आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने देशको संख्या २० पुगेको छ।

विश्व लिग क्रिकेट डब्लुसिए संरचनाको अन्तिम प्रतियोगिताको रुपमा नामिबियामा सम्मपन्न डिभिजन टू बाट ४ देशले एकदिवसीय मान्यता पाएका हुन्।

घरेलु मैदानमा भएको डिभिजन टू को उपाधि नामिबियाले जित्दा उक्त खेलले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाएको थियो।

लिग चरणपछि नै नामिबिया, ओमान, अमेरिका र पपुवा न्यू गिनीले एकदिवसीय मान्यता पाएका हुन्।

त्यसपछि शीर्ष दुई टोलीबीच भएको फाइनलले एकदिवसीय मान्यता पाएको हो।

आइसीसीले यसअघि नै विश्व क्रिकेट लिगको संरचाना परिवर्तन गर्दै डिभिजन टू बाट शीर्ष ५ टोलीले एकदिवसीय मान्यता पाउने जनाएको थियो।

नामिबिया र पपुवा न्यूगिनीले फेरी एकदिवसीय मान्यता पाउदा ओमान र अमेरिकाले पहिलो पटक मान्यता पाएका हुन्।

यी चार देश थपिएपछि अहिले एकदिवसीय मान्यता पाउने देशको सखंया २० पुगेको हो।

गत वर्ष जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट स्कटल्याण्ड र युएईसँगै नेपालले पनि चार वर्षको लागि अस्थायी एकदविसीय मान्यता पाएको थियो।

यी सात देशसँगै आइसीसीको पूर्ण सदस्य राष्ट्र १२ वटा र नेदरल्याण्ड्ससँग एकदिवसीय मान्यता रहेको छ।

एकदिवसीय मान्यता पाउने देशहरुमा इंग्ल्याण्ड, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेस्ट इन्डिज, श्रीलंका, जिम्बाब्वे, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नेपाल, युएई, नामिबिया, पपुवा न्यूगिनी, अमेरिका र ओमान छन्।

अब डिभिजन टू बाट एकदिवसीय मान्यता पाएका चार राष्ट्र र स्कटल्याण्ड, नेपाल र युएई सम्मिलित आइसीसी क्रिकेट विश्वकप लिग २ प्रतियोगितान हुनेछ।

७ देश सम्मेलित यस प्रतियोगिता जुलाई २०१९ देखि २०२१ सम्म आयोजना हुनेछ। प्रतियोगितामा एउटा टिमले होम एण्ड अवेको आधारमा ३६ खेल खेल्न पाउनेछ भने प्रतियोगितामा कुल १२६ खेल हुनेछ।

१२६ खेलपछि शीर्ष तीन स्थानमा रहने ३ टिमले  सन् २०२२ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ।

बाँकी ४ टिमले पनि विश्वकप छनोटको यात्रा कायमै राख्नेछन्। तर त्यसका लागि छनोटको प्ले-अफ खेल्नुपर्नेछ। प्लेअफमा कूल ६ टिम हुनेछ र त्यसमा उत्कृष्ट दुई स्थानमा रहने २ टोली पनि २०२२ को विश्वकप छनोटको लागि छानिनेछ।

२०२२ को विश्वकप छनोटमा १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप लिग टू बाट छानिने ३ र प्लेअफबाट छानिने २ सहित सुपर लिगको अन्तिमा रहने ५ टिमले विश्वकप छनोट खेल्नेछ। सुपर लिगको ८ टोली सिधै विश्वकपमा छनोट हुनेछ।

सुपर लिगमा १२ टेष्ट राष्ट्रसहित नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन्।

१० टोलीको छनोट प्रतियोगिताबाट शीर्ष २ टोली २०२३ को विश्वकपको लागि छनोट हुनेछ।

विश्वकपमा १० टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन्। २०२३ को विश्वकप भारतमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell