PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

दीपक खरेलको चौधौं एल्बम: श्रीमतीको शब्दमा श्रीमानको स्वर



पहिलोपोस्ट

दीपक खरेलको चौधौं एल्बम: श्रीमतीको शब्दमा श्रीमानको स्वर

वरिष्ठ गायक दीपक खरेलको गीतिसंग्रह 'माइ म्युजिकल ओडिस्सी' सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी खरेलको चौधौं एल्बम सार्वजनिक गरिएको हो। एल्बमका गीतकार, संगीतकार, गायक साथै उपस्थित अतिथिले एल्बम लोकार्पण गरेका हुन्।

एल्बममा समावेश सातवटा गीतमा खरेलको स्‍वर रहेको छ। जसमध्ये दुई गीत उनकी पत्नी शीला खरेलले रचेकी हुन्। 'जब जब तिम्रो सम्झना' र 'रोज्नुसम्‍म रोजें'  शीलाले लेखेकी हुन्। दुबै गीतमा हरि लम्सालले संगीत दिएका छन्। उनकै संगीत रहेको गीत 'तिमीले गरेका भुलहरु' भने राजेन्द्र रिजालका शब्द हुन्।

'पश्चिमा संगीतको दबदबा बढ्दै गर्दा नेपाली सुगम संगीतको आवश्यकता वोध भयो। ती गीत जसले युवामा प्रभाव पारोस्, उनीहरु आकर्षित होउन्', गायक खरेलले भने, 'सुगम संगीत नेपाली पहिचानसँग पनि जोडिएको विधा हो। त्यसैले यो एल्बम ल्याएको हुँ।' 

उनका अनुसार 'सांगीतिक महा यात्रा' जनाउँदै एल्बमको नामाकरण गरिएको हो।

गायकले एल्बममा रहेकै 'सुरिलो लय होस्' बोलको गीत गायनबाट एल्बम विमोचन कार्यक्रम उद्घाटन गरेका थिए। गीतमा डाक्टर सनतकुमार वस्तीको शब्द रहेको छ भने मनमोहन थपलियाले संगीत दिएका छन्।

एल्बमका अन्य गीतमा रवि प्राञ्जल, नरेन्द्रराज प्रसाईं, प्रकाश सायमीका शब्द रहेका छन्। त्यस्तै किरण श्रेष्ठ, प्रवीण बराईलीले संगीत दिएका छन्।

एल्बमका गीतहरु यसै साता युट्युबमा उपलब्ध हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell