PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

उज्वेकिस्तानसँग नेपाल पराजित



पहिलोपोस्ट

उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौँ : एएफसी यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।

पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ ले पराजित भएको नेपाले आइतवार उज्वेकिस्तानसँग ४-० ले पराजित भएको हो।

लगातार दोस्रो हारपछि अर्को वर्ष हुने एएफसी यू-१९ च्याम्पिनसिप खेल्ने नेपालको सपना सकिएको छ।

म्यानमारसँग पहिलो खेलमा १-० ले पराजित भएको उज्वेकिस्तानले नेपालाई हराउँदै अन्तिम चरणमा छनोट हुने सम्भावना कायम राखेको छ।

छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले मंगलवार घरेलु टोली म्यानमारसंग खेल्नेछ।

छनोटको शीर्ष दुई टोलीले थाइल्याण्डमा आगामी अक्टोबरमा हुने एएफसी यू-१९ च्याम्पियनसिपमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell