काठमाडौं : संगीतकार बिजु बज्रको निधन भएको छ। संगीतकार संघ नेपालले उनको आइतवार बिहान निधन भएको जनाएको छ।
अमर स्रष्टा संगीतकार संघ नेपालका सस्थापक सदस्यसमेत रहेका बज्रको पार्थिव शरिरलाई सोमवार ९ बजे पशुपति लगिने संघले फेसबुक मार्फत उल्लेख गरेको छ।
गायक/गायिका/संगीतकारले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्धाञ्जली दिएका छन्। गायक प्रमोद खरेल, कलाकार निर्मल शर्मा, संगीतकार बसन्त सापकोटा लगायत अन्यले फेसबुक मार्फत श्रद्धाञ्जली दिएका हुन्।
बज्रले 'तिमी म भन्दा कोशौं टाँढा छौ', 'मै ठूली भइछु रे'लगायत दर्जन बढी गीतमा संगीत भरेका छन्।