PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

सांसद नवीना लामाको क्याफेमा कोटदेखि केरासम्म : एसिड पीडित संगीताले गरिन् उद्घाटन्

सांसद नवीना लामाको क्याफेमा कोटदेखि केरासम्म : एसिड पीडित संगीताले गरिन् उद्घाटन्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: सांसद नवीना लामा रेस्टुरेन्ट व्यवसायमा लागेकी छिन्। सांसद नवीना लामासहित अनेरस्ववियुकी सचिव आरती लामा र विद्यार्थी नेताहरु कल्पना वाइबा, आश्मा क्षेत्री र अवानी पौडेलको लगानीमा आइतबारबाट राजधानीको मीनभवनमा हिमालयन रिमठिम क्याफे सञ्चालनमा आएको हो।

क्याफे एसिड पीडित सांगीता मगरले रिबन काटेर उद्घाटन गरेकी छिन्। आफूले पहिलोपटक सार्वजनिक कार्यक्रममा उद्घाटनको मौका पाएको भन्दै संगीताले खुसी व्यक्त गरिन्। 

स्थानीय खाना पस्कने गरी सञ्चालनमा आएको क्याफेमा फलफूलदेखि कपडासमेत बिक्रीका लागि राखिएको छ।

क्याफेमा रामेछापदेखि जुम्लामा उत्पादन हुने स्थानीय उत्पादनका परिकार पस्कने तयारीमा रहेको सांसद लामाले जानकारी दिइन्।

'यहाँ फापरको रोटीदेखि ढिडोसम्म पाइनेछ। विशेषगरी स्थानीय उत्पादनलाई हामी प्राथमिकतामा राख्नेछौ,' उनले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell