PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

प्रिमियर लिग : अगुएरोको निर्णायक गोलमा बर्नलीलाई हराउँदै सिटी शीर्ष स्थानमा फर्कियो



पहिलोपोस्ट

प्रिमियर लिग : अगुएरोको निर्णायक गोलमा बर्नलीलाई हराउँदै सिटी शीर्ष स्थानमा फर्कियो

सर्जियो अगुएरोले गरेको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर सिटीले बर्नलीलाई पराजित जित्दै प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ।

बर्नलीको मैदानमा भएको खेलमा सिटीले १-० को कठिन जित हात पारेको हो।

सिटीका लागि ६३औँ मिनेट अगुएरोले एक मात्र गोल गरे।

जितपछि ३६ खेलबाट ९२ अंक जोडेको सिटीले लिभरपुललाई १ अंकले पछि पारेको हो।

लिगमा अब २ खेल मात्र बाँकी रहँदा यी क्लबबीच उपाधि होड रोमाञ्चक बनेको छ।

दुवै क्लबले बाँकी खेल जितेमा सिटी च्याम्पियन बन्नेछ। सिटीले अंक गुमाएमा मात्र लिभरपुलले उपाधि जित्न सक्नेछ।

अब लिगमा सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ। यस्तैल लिभरपुलले न्यूकासल र वल्भ्ससँग खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell