PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

ला लिगा : पूछारको क्लबसँग रियल मड्रिड पराजित



पहिलोपोस्ट

ला लिगा : पूछारको क्लबसँग रियल मड्रिड पराजित

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा तेस्रो स्थानको रियल मड्रिड अंक तालिकामा पूछारमा रहेको क्लब रायो भालेकानोसँग पराजित भएको छ। रायोको मैदानमा भएको खेलमा रियल १-० ले पराजित भएको हो।

२३औँ मिनेटमा एड्री एमबार्बाले पेनाल्टमा गरेको गोल नै राभोलाई ३ अंक दिलाउन निर्णायक बन्यो।

जितपछि राभोले ३५ खेलबाट ३१ अंक जोड्दै अंकतालिकामा एक स्थान सुधार गरेको छ।

उता रियल भने ३५ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा छ। यस हारपछि दोस्रो स्थानमा रहेर लिग सकाउने रियलको सम्भावना कमजोर बनेको छ।

८३ अंक जोडेको बार्सिलोना लिग च्याम्पियन बनिसकेको छ भने ७४ अंकसहित एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell