PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

भान डाइकले जिते पिएफए अवार्ड



पहिलोपोस्ट

भान डाइकले जिते पिएफए अवार्ड

लिभरपुलका डिफेण्डर भर्जिल भान डाइकले प्रोफेसनल फुटबलर्स एसोसिएसन पिएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्।

२७ वर्षीय डच खेलाडी भान डाइकले म्यानचेष्टर सिटीका सर्जियो एगुएरो,रहिम स्टर्लिङ र बर्नार्डो शिल्भा, लिभरपुलकै डियो माने र चेल्सीका एडेन हाजार्डलाई पछि पार्दै यस अवार्ड जितेका हुन्।

उनी सन् २००५ पछि यो अवार्ड जित्ने पहिलो डिफेण्डर समेत बनेका छन्। 'यो एकदमै विशेष छ। म एकदमै खुशी र सम्मानित छु। अवार्ड जितेपछि भान डाइकले भने।'

उनले खेलाडीको रुपमा पाउने यो नै सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्।

पहिल्लो पटक चेल्सीका डिफेण्डर जोन टेरीले यस अवार्ड जितेका थिए। गत वर्ष लिभरपुलकै मोहम्मद सलाहले यो अवार्ड जितेका थिए।

यसैगरी महिलातर्फ लण्ड क्लब आर्सनलबाट खेल्ने नेदरल्याण्ड्सकै भिभिएने मेडेमाले अवार्ड जितिन्।

मुख्य अवार्डमा पछि परेपनि रहिम स्टर्लिङ पिएफए योङ प्लेअरको अवार्ड जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell