PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

मनमोहन स्मृति अन्तर प्रदेश यू-१६ क्रिकेटको तयारी पूरा, विजेतालाई ५ लाख



पहिलोपोस्ट

मनमोहन स्मृति अन्तर प्रदेश यू-१६ क्रिकेटको तयारी पूरा, विजेतालाई ५ लाख

काठमाडौँ : मनमोहन मेमवरियल अन्तर प्रदेश यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधवार देखि हुँदैछ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

३० ओभरमा खेलाइने प्रतियोगितामा सात प्रदेशको सात टिम सहभागि हुनेछन्। १६ वर्षमुनीका खेलाडीहरुले प्रतियोगितामा खेल्ने सेन्टरका अध्यक्ष ठाकुर गैरले बताए।

प्रत्येक टिममा १४ खेलाडी र २ व्यवस्थापक गरी १६ जना सहभागित हुनेछन्।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको यू-१६ राष्ट्रिय क्रिकेट लिगको गरिएको छनोटकै आधारमा यस प्रतियोगिताको लागि खेलाडी छनोट गरेको गैरले बताए।

प्रतियोगितामा ह्वाट ड्रेस र रेड बल प्रयोग गरिने आयोजकले जनाएको छ।

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले ह्वाट ड्रेस लगाएर क्रिकेट खेल्ने कल्चरलाई जोगाइराख्नका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण भएको बताए। टमाटाले यस्तो खालको प्रतियोगिता नयाँ प्रतिभा जन्मनको लागि प्लेटफर्म भएको र यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

यसअघिको यू-१६ प्रतियोगिताबाट अर्जुन कुमालले यू-१६ टिममा स्थान बनाएको उदाहरण दाँदै टमाटाले यस प्रतियोगिताबाट पनि केही नयाँ खेलाडी आउने बताए।

यसैगरी आयोजकले सोमवार प्रतियोगिताको टाइसिट पनि सार्वजनिक गरेको छ।

जसअनुसार समूह ए मा प्रदेश ७, गण्डकी प्रदेश प्रदेश ३ र कर्णाली प्रदेश छन्। समूह बी मा प्रदेश २, प्रदेश १ र प्रदेश ५ छन्।

प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश ३ र गण्डकी प्रदेश भिड्नेछन्।

प्रतियोगिताको विजेताले गनद र क्रिकेट किट्स गरी ५ लाख प्राप्त गर्नेछन्। जसमा २ लाख ५० हजार नगद र बाँकी रकमको क्रिकेट किट्स दिने सेन्टरका अध्यक्ष गैरले जानकारी दिए।

यस्तै उपविजेताले नगद १ लाख २५ हजार र त्यति नै बराबरको क्रिकेट किट्स पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell