काठमाडौं : भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। न्यूयोर्कका लागि नेपाली वाणिज्य दूतसमेत रहेका साहित्यकार कृसु क्षेत्रीको शब्द रहेको 'सयौं जुनी सँगै'मा उनको स्वर छ।
कुमारले यसअघि 'फूल भए जिन्दगी', 'यो दुई थोपा आँशु', 'म त अब रिसाउँछु'लगायत अन्य नेपाली गीतमा स्वर दिएका थिए।
'सयौं जुनी सँगै'मा भने युग भुषालको संगीत छ। गीतको भिडियोमा निराजन प्रधान र अस्मिता लामिछाने फिचर्ड छन्। दिलिप समनले निर्देशन गरेको भिडियोमा फराज अर्पणको छायाँकन र सम्पादन छ।