PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

संसद भवन अगाडि गृहको नागरिकतासम्बन्धी परिपत्र जलाइयो, आन्दोलनकारी र प्रहरीबीच झडप

संसद भवन अगाडि गृहको नागरिकतासम्बन्धी परिपत्र जलाइयो, आन्दोलनकारी र प्रहरीबीच झडप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा मालेलगायतले नयाँ बानेश्वरमा गत चैत १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनी गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन्।

परिपत्र जलाएर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीसँग झडपसमेत भयो।

विभिन्न राजनैतिक पार्टी र संघसंस्थाको संयुक्त आयोजनमा सोमबार दिउँसो २ बजे माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शनमा उनीहरुले नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै विरोधसमेत गरे। 



ट्रेन्डिङ पोस्ट

Ncell